रोमाञ्चक जितसँगै रोमा इटालियन सिरीको शीर्ष स्थानमा

रोमा । स्टेफन एल शारवीले अन्तिम मिनेटमा गरेको गोलसँगै इटालियन सिरी ए मा रोमाले रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति घरेलु मैदान स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाले सासुओलोलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जोसे माउरिन्होको टोलीलाई अपराजित यात्राको क्रममा स्टेफनसहित ब्रायन क्रिष्टान्टेले एक–एक गोल गरे । सासुओलोको लागि फिलिप डुरिकिकले एक गोल गरे ।

पहिलो हाफमा ब्रयानको गोलसँगै रोमाले खेलमा १–० को अग्रता बनायो । दोस्रो हाफको ५७ मिनेटमा फिलिपले सासुओलोलाई १–१ को स्थितिमा पुर्याए । तर ९० मिनेटपछि थपिएको एक मिनेटमा गोल गर्दै स्टेफनले रोमाञ्चक जितसहित टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए । जितसँग ३ खेलमा ९ अंक बनाएको माउरिन्होको टोली शीर्ष स्थानमा यथावत छ ।

समान ९ अंक भए पनि एसी मिलान र नापोली क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । आइतबार राति नै भएका सिरी ए का अन्य खेलमा एसी मिलानले लाजियोलाई २–० गोल अन्तरले पराजित गरेको छ। मिलानको जितमा राफयल लेआओ र जालटान इभ्राहिमोभिकले एकरएक गोल गरे ।

टोरिनोले सेलर्निटानालाई ४–०, उडिनेसले स्पेजियालाई १र० तथा जेनोयाले कागरियलीलाई रोमाञ्चक खेलमा ३–२ गोल अन्तरले पराजित गरे । अर्को खेलमा साम्पडोरिया र इन्टर मिलानले २र२ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्