इरानमा शक्तिशाली भूकम्प

तेहरान । इरानमा सोमबार शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । तुर्किमेनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्प सतहदेखि १० किलोमिटर गहिराइबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्