नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण

अबुजा । नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिबार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् । उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए भन्ने स्पष्ट छैन ।

मध्य र उत्तरपश्चिम नाइजेरिया वर्षौंदेखि आपराधिक गिरोहले आतंकित बनेको छ । नाइजेरियाको सुधार सेवा प्रवक्ता फ्रान्सिस एनोबोरले एक विज्ञप्तिमा जारी गर्दै उल्लेख गरेका छन्, ‘कोगी राज्यको कब्जामा रहेको मध्यम सुरक्षा कस्टोडियल सेन्टरमा अहिलेसम्म बन्दुकधारी आक्रमणकारीहरूले आक्रमण गरी २ सय ४० कैदीहरूलाई रिहा गरेका छन् ।’

आइतबारको हमलामा सशस्त्र बन्दुकधारीहरु संलग्न थिए । बन्दुकधारीहरूले जेलमा आक्रमण गर्दा त्यहाँ २९४ कैदी हिरासतमा थिए, जसमा २२४ पुर्पक्षका लागि प्रारम्भिक थुनुवाइमा थिए । आक्रमणकारीहरुको खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ ।

नाइजेरियामा यस किसिमका जेल आक्रमण र बन्दी रिहाइका घटना भने असामन्य होइनन् । अप्रिल ५ मा यस्तै एक हमलामा बन्दुकधारीहरूले ओवेरी प्रहरी मुख्यालयम आक्रमण गरी र १८०० भन्दा धेरै कैदीहरू मुक्त गरेका थिए ।

द्वन्द्वग्रस्त नाइजेरियाका सुरक्षा बलले उत्तरपूर्व मा १२ वर्ष पुरानो जिहादी विद्रोह र दक्षिण पूर्वमा पृथक्तावादी आन्दोलनको सामना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्