हास्य टेलिसिरियल ‘सक्किगोनि’ अब आफ्नै युट्युब च्यानलमार्फत प्रशारण
काठमाडौं । लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि, यसको युट्युब राइट्स ओ एस आर डिजिटलले लिएको थियो ।
ओएसआरसँगको एक वर्षको सम्झौता अवधि सकिएका कारण टेलिसिरियललाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने निणर्य गरिएको यसका लेखक निर्देशक एवं कलाकार कुमार कट्टेलले जानकारी दिए।
उनले भने, ‘उहाँहरुसँग एक वर्षको सम्झौता गरेका थियौं । त्यो अवधि सकियो । टिममा अहिलेलाई आफ्नै च्यानलमा ल्याऔं भन्ने सल्लाह भएपछि यो निणर्य गरेका हौं ।’ हिमालय टेलिभिजनबाट बिहीबार राती ८ बजे प्रशारण हुने टेलिसिरियल ९ बजे जेपिटी क्रियसनको युट्युबमा सार्वजनिक हुनेछ ।
कुमारले टेलिसिरियलको बिहीबारको भाग विगतमा भन्दा फरक रहेको समेत बताए । बिहीबारको भाग कमेडीभन्दा सामाजिक विषयवस्तुमा आधारित हुने बताए ।