‘न्यायधिशलाई मानपदवी दिंदा न्यायलयको स्वतन्त्रतामा असर’

काठमाडौं । संविधान दिवसका उपलक्ष्यमा सरकारको तर्फवाट न्याधिशहरुलाई समेत मानपदवी दिएको विषयमा सर्वोच्च अदालत बार एशोसिएसनले विरोध जनाएको छ । न्यायाधीशलाई मानपदवी दिँदा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर असर पुग्ने बताउंदै सर्वोच्च वारले न्यायपालिकालाई प्रभावित पार्ने गरी कुनै पनि प्रकारका मानपदवी दिने गरी सिफारिस र घोषणा नगर्न सरकारलाई आग्रह समेत गरेको छ ।
सर्वोच्च अदालत वार एशोसियसनले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण सिर्जना गर्न नहुनेमा अडिग रहेको पनि स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बहालवाला न्यायाधीशहरुले सरकारको कुनै निकाय वा संस्थाबाट मानपदवी ग्रहण गर्दा हुने विभिन्न किसिमका टिकाटिप्पणी हुने र उसले सम्पादन गर्ने न्यायमा प्रभाव पर्न सक्ने, न्यायिक स्वतन्त्रताको मूल्य मान्यतामा आँच आउन सक्ने हुँदा त्यस प्रकारका मानपदवीहरु न्यायाधीशले ग्रहण गने वा नगर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।’