यो वर्ष पनि घाटामा लिवर्टी इनर्जी


काठमाडौँ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लिवर्टी इनर्जी कम्पनीले केही सुधार गरेको छ । अघिल्लो वर्ष ३ करोड ८५ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनी यो त्रैमाससम्म आइपुग्दा २ करोड ८४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । यो कम्पनीले अहिलसम्म बिद्युत बिक्रीबाट आम्दानी गरेको छैन ।

हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोष भने १७ करोड ९३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रतिसेयर आम्दानी १ रुपैयाँ ९० पैसा नोक्सानमा रहेको इनर्जीको प्रतिसेयर नेटवर्थ भने ८८ रुपैयाँ ०४ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्