चुनावी सभालाई सम्बोधन गर्न ओली चितवन आउँदै

नेकपा एमाले चितवनले कात्तिक २८ गते चुनावी आम सभा गर्ने भएको छ । चुनावी आमसभालाई सम्बोधन गर्न एमाले केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने तय भएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अगाडि गेष्ट हाउस चौरमा हुने आमसभालाई एमालेका शिर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । दिउँसो ११ बजेदेखि हुने भनिएको कार्यक्रममा एमालेले समर्थन गरेका चितवन ३ का प्रतिनिधि सभा सदस्य उमेदवार दिनेश कोइराला पनि सहभागी हुने बताइएको छ ।

कार्यक्रममा एमालेका सबै उमेदवार पनि सहभागी हुने छन् । आम सभाबारे जानकारी दिन एमालेले पत्रकार सम्मेलनको पनि आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्