सत्ता गठबन्धन र एमालेले दुई दिनको फरकमा चुनावी सभा गर्ने

चितवन । चितवनमा मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर सत्ता गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै सभा गर्ने भएका छन् । गठबन्धन र एमालेले दुई दिनको फरकमा आमसभा गर्न लागेका हुन् । भरतपुरमा रहेको गेष्ट हाउस चौरमा गर्ने भनिएको आमसभा गठबन्धनले भोलि शनिबार र एमालेले २८ गते सोमबार गर्ने तयारी गरेका हुन् ।

लोकतान्त्रिक–वाम गठबन्धनले भोलि शनिबार चितवनमा चुनावी सभा गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउने भएका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए ।

नेकपा एमाले चितवनले पनि गठबन्धनको सभाको दोस्रो दिन कात्तिक २८ गते चुनावी सभा गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्