चितवन ३ (ख) का मतदाता भन्छन्, – प्रदेशमा सरस्वतीलाई भोट

माडी । चितवन क्षेत्र ३ प्रदेश ‘ख’ की उम्मेदवार सरस्वती बिष्ट योजनाहरुसहित आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी बस्तीमा पुग्दा मतदाताहरु खुशी र उत्साहित भएका छन् ।

आफ्नो प्रतिबद्धता पत्रसहित शनिवार माडीका सुकुम्बासी बस्तीहरुमा पुगेकी उम्मेदवार सरस्वती बिष्टसँग मतदाताहरुले भने ‘एमाले सरकारको पालामा नै माडीका सुकुम्वासीहरुलाई व्यवस्थित गर्ने काम अगाडि बढेको हो । एमालेप्रति नै हाम्रो आशा र भरोसा छ ।’

राईडाँडा र परुईका मतदाताहरुले उम्मेदवार सरस्वती बिष्टसँग सुकुम्बासीहरुको हित गर्ने भनेर धेरैले आश्वासन दिए पनि काम नभएको र सुकुम्बासी जनताले धेरै दु:ख पाएको विषय प्रस्तुत गरेका थिए ।

उम्मेदवार सरस्वती बिष्टले विशेष गरी भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिलाएर रोजगारको व्यवस्था गर्ने, जनताको सुरक्षाको लागि रिउ र राप्ती नदीमा करिडोर निर्माण, कृषिमा आत्मनिर्भरको व्यवस्था, शिक्षा ,स्वास्थ्यमा स्तरोन्नतिलगायतका विषयहरुलाई सम्बोधन गरी काम गर्नको लागि नै आफ्नो उम्मेदवारी रहेकोले नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरुसँग आग्रह गरिन् ।

नेकपा एमालेकी प्रदेश कमिटि सदस्यसमेत रहेकी उम्मेदवार सरस्वती बिष्ट आफ्ना स्पष्ट योजनासहित माडीका विभिन्न सुकुम्बासी बस्तीहरुमा पुग्दा मतदाताहरुले स्वागत गर्दै विजयको शुभकामना दिएका थिए ।

२०४३ सालमा जनपक्षीय उम्मेदवारहरुलाई जिताउनको लागि अग्रमोर्चामा रहेर गीत संगीत, नाटकहरु देखाउँदै पञ्चायती व्यवस्थाका विरुद्धमा जनता जगाउने काम गरेकी बिष्टले निर्वाचनको अभियानमा आफैंले गीत गाउँदै मतदाताहरुका पीडाहरु प्रस्तुत गरेकी थिइन् ।

प्रतिकूल अवस्थामा पनि परिवर्तनका आन्दोलनहरुमा उल्लेख्य योगदान गर्दै देश र जनताको हितमा समर्पित भएर अगाडि बढिरहने उम्मेदवार आफ्नै घरदैलोमा आउँदा मतदाहरुले सूर्यमा मतदान गरी चितवन क्षेत्र ३ प्रदेश ख कि उम्मेदवार सरस्वती बिष्टलाई जिताउने प्रतिबद्धतासमेत जनाएका थिए ।

नेपाली महिलाहरुलाई अगाडि बढाउन नचाहने दुष्ट प्रवृत्तिलाई अन्त्य गरी जनभावना अनुसारनै अगाडि बढ्ने प्रतिवद्धता जनाएकी उम्मेद्वार बिष्टले महिलाहरुको अपमान गरी अगाडि बढाउन नचाहने प्रवृत्तिप्रति सचेत रहनसमेत सबै मतदाताहरुलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्