बेटर चितवनको संयोजकमा सुजता

भरतपुर/ चितवनमा रहेर सामाजिक सेवामा सक्रिय युवाहरूले नेतृत्व गरेको संस्था बेटर चितवनको सन् २०२३र२४ को संयोजकमा सुजता देवकोटा चयन  भएकी छिन् ।

संस्थाको सातौ वार्षिकउत्सवको अवसरमा शनिबार भरतपुरमा आयोजित एक कार्यक्रमका बीच संयोजकमा देवकोटा सहित ३० सदस्यीय कार्य समिति पनि चयन गरिएको हो । सोही कार्यक्रममा निवर्तमान संयोजक समुद्र भट्टराईले देवकोटालाई पद हस्तान्त्रण गरेका थिए ।

कार्यक्रममा वर्षको उत्कृष्ट स्वयंसेवकका रूपमा सदस्य नवीन थापा पुरस्कृत भएका छन् । साथै बेटर चितवन मिनी लाइब्रेरीको वर्ष उत्कृष्ट पाठकमा सचिन चापागाईँलाई पुरस्कृत गरिएको छ ।

संस्थाले  सोहीअवसरमा वर्षभरी विभिन्न विधामा सक्रिय स्वयंसेवक संयोजकहरूलाई पनि सम्मान गरेको छ । कार्यक्रममा संस्थाले विगत एक वर्षमा गरेका कामहरूको विषयमा जानकारी गराउनुको साथै नव गठित कार्यसमितिलाई अभिमुखीकरण समेत प्रदान गरेको   थियो ।

संस्थाले बिगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण तथा युवा लगायतका सामाजिक क्षेत्रमा काम निरन्तर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्