चितवन ३ (क) : भूर्तेलको पक्षमा जनलहर
चितवन । नेकपा एमालेका तर्फबाट चितवन क्षेत्र नं. ३ (क) का एमाले उम्मेदवार कृष्ण भूर्तेलको पक्षमा मतदाता खुल्न थालेका छन् ।
यहि क्षेत्रबाट २०७४ को निर्वाचनमा जित हासिल गरि प्रदेश सांसद बनेका भूर्तेलले गरेको विकासका कारण मतदाताले खुलेर उनलाई समर्थन गर्न थालेका हुन् ।
कतिपय गठवन्धनकै कांग्रेस र माओवादी केन्द्रका स्थानीय नेता पनि भूर्तेलको पक्षमा खुलेर लागेका छन् । चितवन क्षेत्र नं. ३ मा एमालेको सहयोगमा कांग्रेसका नेता दिनेश कोइराला संघिय सांसदको उम्मेदवार छन् । कोइरालाको पक्षमा बन्दै गएको माहोलले भूर्तेललाई समेत फाइदा हुने देखिएको छ ।

कांग्रेस भित्र अन्यायमा परेर सँधै माओवादीलाई बोकेको भनेर विद्रोह गरेका दिनेश कोइरालाका पक्षमा कांग्रेसहरुसमेत लाग्न थालेका छन् । कांग्रेसकै उम्मेदवार हुनपर्छ भनेर हामीले हिजो आवाज उठाएका थियौं, आज दिनेश कांग्रेसकै केन्द्रीय सदस्य उम्मेदवार छन् अब किन माओवादीलाई मत दिने ? एक कांग्रेसका क्रियाशील सदस्यले भने, दिनेश र भूर्तेललाई कांग्रेस एमाले सबैले मत दिने हो ।
अघिल्लो चुनावमा सो क्षेत्रबाट दिनेश र कृष्ण भूर्तेलका विचमा नै चुनावी प्रतिस्पर्धा भएको थियो, तर यसपटक दिनेश र भूर्तेल एक अर्कोलाई मत मागिरहेका छन् । यो प्रदेश क्षेत्रबाट उम्मेदवार रहेका एमालेका नेता कृष्ण भूर्तेल मेघौलीका स्थानीय वासिन्दा हुन् । सादगी र त्यागी जीवन विताएका भूर्तेल २०५४ सालमा साविक मेघौली गाविसका अध्यक्ष बनेका थिए ।
जिल्ला विकास समिति चितवनमा एमालेको तर्फबाट पार्टी प्रतिनिधी भएर लामो समय काम गरेका उनले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष बनेर समेत पीडित जनताको पक्षमा काम गर्दै आएका थिए ।
उनी जनताको समस्याको समाधान गर्न आफैं भिड्ने गर्छन् । माओवादी कै कतिपय नेताहरुले समेत भूर्तेललाई मन पराउँछन् । एमाले उम्मेदवार भूर्तेल भन्छन्, ‘मैले विकासको काममा, जनतालाई परेका दु:ख र समस्यामा कहिल्यै पनि पार्टी हेरेको छैन, मेरा लागि सबै जनता सामान हुनुुहुन्छ ।
बागमती प्रदेश सांसद कृष्णप्रसाद भूर्तेलले चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) मा निर्वाचित भएपछि उनको पहलमा सो क्षेत्रमा अरवौंका बिकास निर्माणका काम भएका छन् ।
प्रदेश क्षेत्र (क) मा ७८ हजार २ सय ८६ मतदाता छन् । यसअघि ६८ हजार मतदाता थिए । यहाँ २९ वटा मतदानस्थल र ८६ वटा मतदान केन्द्र तोकिएको छ ।