सहारा नेपालको ४ करोड ६० लाख नाफा

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ अनुसार बचत तथा ऋण कारोबार गर्न स्थापना भएको संस्था हो । यो संस्था २०५२ चैत्र २१ गते जिल्ला सहकारी कार्यालय, चन्द्रगढीमा विधिवत रुपमा दर्ता भई शुरु गरिएको हो ।
यस संस्थाको स्थापनाको पृष्ठभूमि हेर्दा त्यस समयमा चारपाने क्षेत्रका अधिकांश साहुमहाजनहरुले अत्याधिक चर्को व्याजदरमा ऋण लगानी गर्ने गरेका थिए । त्यसबेला चारपाने सानो बजार भएको कारण एक हजारको नोट खुद्रा बनाउन पनि बिर्तामोड नै पुग्नुपर्ने अवस्था थियो । त्यस समयमा सर्वसाधारणले बैंकहरुबाट ऋण प्राप्त गर्न सक्ने अवस्था पनि थिएन ।
यिनै अवस्थाहरुलाई सम्बोधन गर्न महेन्द्रकुमार गिरीको परिकल्पना र सोचमा नरनाथ गिरी, दुर्गा भण्डारी लगायतका साथीहरुको अगुवाईमा काठमाडौंमा छलफल गरी सहकारी संस्था स्थापना गर्नुपर्छ भन्ने अवधारणा अनुरुप ०५२ साल फागुन ११ गतेको प्रारम्भिक भेलाले संस्थाको “सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड” नामाकरण गरी संस्था स्थापना भएको हो । शुरुको अवस्थामा ३३ जना शेयर सदस्य, ३४ हजार शेयर पूँजी, र ३ गा.वि.स. कार्यक्षेत्र बनाई कारोवार शुरु गरेको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा आवद्ध समेत रहेको यो संस्थाले पूर्वाञ्चलका झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर र उदयपुरलाई कार्यक्षेत्र बनाई लघुवित्त कार्यक्रम, नवीकरणीय उर्जा, सामुदायिक कृषि विकास लगायतका कार्यक्रमहरु संचालन समेत गरी अगाडि बढिरहेको छ ।
लक्ष्य तथा प्रगति :
यस संस्थाको कूल पूँजी तथा दायित्व र सम्पति गत बर्ष १ अर्व ४१ करोड ४८ लाख ७३ हजार ७७ रुपिंया ७९ पैसा रहेकोमा यस बर्ष २५.८ प्रतिशतले बृद्धि गर्ने लक्ष्य राखिएकोमा ३१.२२ प्रतिशतले बृद्धि भई १ अर्व ८५ करोड ६५ लाख ८४ हजार ५५९ रुपिंया ८५ पैसा पुगेको छ ।
यस संस्थाको चुक्ता शेयर पूँजी गत बर्ष ७ करोड ७ लाख ६१ हजार ६०० रुपिंया मात्र रहेकोमा ७४.९ प्रतिशतले बृद्धि भई चुक्ता शेयर पूँजी १२ करोड ३७ लाख ६० हजार ६०० रुपिंया पुगेको छ । यो शेयर पूँजीलाई यस बर्ष कूल सम्पतीको ७.५ प्रतिशत पु¥याउने लक्ष्य राखिएकोमा ६.६७ प्रतिशत पु¥याउन सफलता प्राप्त भएको छ ।
त्यसैगरी निक्षेपमा गत बर्ष ६७ करोड ९१ लाख १३ हजार ३९१ रुपिंया ४४ पैसा रहेकोमा यस बर्ष ४२.४० प्रतिशत बृद्धि भई कुल बचत ९६ करोड ७० लाख ६५ हजार ३०३ रुपिंया १ पैसा रहेको छ । यस संस्थाको कूल सम्पतीमा बचतको प्रतिशत ५२.०९ र ऋण लगानीमा बचतको प्रतिशत ६८.३५ पुगेको छ । त्यसरी नै गत वर्ष संस्थाको ऋण लगानी ९४ करोड ९२ लाख २९ हजार २३७ रुपिंया रहेकोमा रहेकोमा यस आर्थिक वर्षमा ४९.५० प्रतिशतले बृद्धि भई कुल लगानीमा रही रहेको कर्जा १ अर्व ४१ करोड ४८ लाख ६१ हजार ७११ रुपिंया रहेको छ भने भने बाह्य संस्था तथा बैंकहरुबाट लिएको ऋण ११.४३ प्रतिशत बृद्धि भई बाह्य ऋण ४७ करोड ५१ लाख ३१ हजार ७०५ रुपिंया ८ पैसा पुगेको छ ।
यो संस्थाको कूल सम्पतिमा ऋण लगानी ७६.२१ प्रतिशत र बाह्य ऋण २५.५९ प्रतिशत रहेको छ । संस्थाको निस्कृय कर्जा गत वर्ष ३.९२ प्रतिशतबाट केही घट्न गई ३.३३ प्रतिशत रहेको छ ।
बचत संकलन स्थिति :
यस संस्थाले यस बर्ष १५ वटा बचत योजनाहरु संचालन गरिरहेको छ । जस्मा आवधिक बचत, जेष्ठ नागरिक बचत, साधारण बचत, समूह बचत, पेन्सन बचत, सम्बृद्धि बचत लगायतका योजनाहरुबाट ९६ करोड ७० लाख ६५ हजार ३०३ रुपिंया १ पैसा वचत संकलन भएको छ । यस्ता बचत कार्यक्रममा सहभागी शेयर सदस्यहरुलाई योजना अनुसार न्यायोचित प्रतिफल प्रदान गरिएको छ । बचत संकलनको तुलनात्मक विश्लेषण गर्दा यो बचत सम्बन्धी बस्तु तथा सेवामा सदस्यहरुले पेन्सन बचत र सम्बृद्धि बचत योजनालाई पहिलो प्राथमिकतामा लिएका छन् ।
सञ्चालन तथा मुनाफाको स्थिति :
यस संस्थाले गत आर्थिक वर्ष ०६९÷०७० मा २१ करोड ६१ लाख ५० हजार ५ सय ७२ रुपैया १५ पैसा कुल आम्दानी गरेको थियो । जस मध्ये १८ करोड ५२ लाख १३ हजार ८०१ रुपैया ०७ पैसा खर्च भै आयकर पछिको ३ करोड ०९ लाख ३६ हजार ७ सय ७१ रुपैया ०८ पैसा मात्र मुनाफा रहेको थियो । यस आर्थिक बर्ष ०७०÷०७१ मा २८ करोड ३८ लाख ७२ हजार ५ रुपैया ५२ पैसा कुल आम्दानी गरेको छ । जस मध्ये २३ करोड ७८ लाख ३२ हजार ३ सय ८० रुपैया ५७ पैसा खर्च भै आयकर पछिको ४ करोड ६० लाख ३९ हजार ६ सय २४ रुपैया ९५ पैसा मात्र मुनाफा कायम रहेको जानकारी गराउँदछौँ । यसरी गत बर्षको तुलनामा संस्थाको खुद नाफा ४८.८२ प्रतिशतले बढी भएको छ । यस संस्थाले संस्थाको विनियममा व्यवस्था भए बमोजिमको बिभिन्न कोषहरुमा रकम छुट्याएको छ । यी कोषहरु मध्येबाट शेयर सदस्यहरुलाई गत वर्ष लाभांश वितरण १५ प्रतिशत र कर्मचारीलाई १० प्रतिशत बोनस वितरण गरिएको थियो ।
महेन्द्रकुमार गिरी, सचिव/ ताराप्रसाद सञ्जेल, अध्यक्ष