राष्ट्रिय किसान आयोगका लागि अध्यक्ष र सदस्यमा आवेदन माग

काठमाडौं । आगामी नयां वर्षदेखि किसान आयोगमा अध्यक्ष तथा सदस्यहरु रिक्त हुने भएकोले सरकारले ती पदहरुमा आवेदन माग गरेको छ ।

कृषि तथा पशुपंक्षी मन्त्रालयले एक सुचनामार्फत ती पदहरुमा नियुक्तिका लागि इच्छुक योग्य व्यक्तिहरुलाई आवेदन दिन आग्रह गरेको छ ।

किसान आयोगमा एक जना अध्यक्ष, एक महिला सहित तीनजना किसान प्रतिनिधि, कृषि सहकारीमा आवद्ध एक किसान सदस्य र एकजना कृषि विज्ञको माग भएको छ र यसका लागि आवेदन गर्ने समय तीन साता तोकिएको छ ।

अध्यक्ष पदका लागि कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण भएको तथा ३५ वर्ष उमेर पूरा भएको योग्यता तोकिएको छ र पाँच हजार शब्दमा व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्