‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’

काठमाडौं । ललिता निवास प्रकरणको रुपमा ख्याति पाएको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने प्रकरणमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि अभियोग लाग्ने यो मुद्धासंग सम्वद्ध कानुन व्यवसायी वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेले वताएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारको जग्गा निजी गुठीको नाममा सार्ने मन्त्रिपरिषद्को नीतिगत निर्णय हुंदा राष्ट्रपति विद्या भण्डारी पनि त्यो मन्त्रिपरिषद्मा थिइन, त्यसैले यो मुद्धामा राष्ट्रपति भण्डारी पनि तानिन्छिन्, वरिष्ठ अधिवक्ता न्यौपानेले भने ।
सन् २००९ को मे २५ मा गठन भएको माधवकुमार नेपालको सरकार सन् २०११ को फेवु्रअरी ६ मा विघटन भएको थियो, जुन सरकारमा वर्तमान राष्ट्रपति भण्डारी रक्षामन्त्री थिइन् ।

नेपाल तस्विर कार्यक्रममा पत्रकार प्रकाश गिरीसंग कुरा गर्दै वरिष्ठ अधिवक्ता न्यौपानेले भने, मन्त्रिपरिषद्ले गरेको निर्णयमा त्रुटी फेला परेपछि तत्कालिन प्रधानमन्त्रीहरु मात्रै होइन, त्यो मन्त्रिपरिषद्मा हुने सम्पूर्ण मन्त्रीहरु नै दोषी हुन्छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा मुद्धा चलाउंदा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. वावुराम भट्टराईलाई विपक्षी वनाएको थिएन । मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णयहरुमा प्रश्न उठाउन नपाउने कारण मुद्धा नचलाएको अख्तियारको भनाइप्रति असहमति व्यक्त गर्दैै वरिष्ठ अधिवक्ता न्यौपानेले सर्वोच्च अदालतमा मन्त्रिपरिषदका् निर्णय पनि छानवीन गर्नु पर्ने माग गर्दै रिट दायर गरेपछि अहिले सर्वोच्च अदालतले तत्कालिन मन्त्रिपरिषद्का निर्णयहरु पेश गर्न आदेश दिएको छ ।
ललिता निवास सम्वन्धी मन्त्रिपरिषद्ले निर्णय लिंदा वर्तमान राष्ट्रपति भण्डारी पनि मन्त्री भएकोले मुद्धा अगाडि वढ्दा उनलाई समेत विपक्षी वनाइने छ, वरिष्ठ अधिवक्ता न्यौपानेले भने, कोरियामा भ्रष्टाचार मुद्धामा ३ जना राष्ट्रपति थुन्न मिल्छ भने हाम्रोमा थुन्न किन नमिल्ने ?
राष्ट्रपति भण्डारीलाई राज्यलक्ष्मी गोल्छासंग मोटो रकम लिएर सांसदको टिकट दिएको सम्वन्धमा समेत छानवीन गरेर सजांय दिनुपर्ने उनको माग थियो ।
केपी ओली भ्रष्टाचारी हुन्
संसद विघटन प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षवाट वहस गरेका वरिष्ठ अधिवक्ता न्यौपानेले ओली पनि भ्रष्टाचारी भएको वताए ।
मेरो केस लिइदिनु पर्यो भनेर आएकोले डाक्टरले विरामी हेरेजस्तै वकिल भएकोले केस लडिदिएको हुं, ओली पनि भ्रष्टाचारी हुन् मेरो लिनुदिनु केही छैन, वरिष्ठ अधिवक्ता न्यौपानेले भने ।
हेर्नुहोस कार्यक्रम नेपाल तस्विरमा लाइभ गरिएको कुराकानी :
https://www.facebook.com/174642142622754/videos/448998746159780