हामी कसैले पनि नजित्ने वाटोमा हिंडिरहेका छौं : एमाले नेता ठाकुर गैरे

नेकपा (एमाले)का नेता ठाकुर गैरेले अहिले नेकपा (एमाले) जुन ढंगवाट अगाडि वढिरहेको छ, यो वाटोवाट कसैले पनि नजित्ने निश्चित भएको वताएका छन् ।

अहिले एउटा गुटको तर्फवाट जुन ढंगवाट एकलौटी पार्टी सञ्चालन गर्न खोजिएको छ, कारवाहीको नाटक मञ्चन गरिएको छ, यो केवल एउटा व्यक्तिको महत्वकांक्षा, दक्षिणपन्थी अवसरवाद र नेपालको वाम आन्दोलनलाई विसर्जनतर्फ लैजाने कुराको यात्रा मात्रै हुन्छ भन्ने मलाई लाग्छ, कार्यक्रम नेपाल तस्विरमा पत्रकार प्रकाश गिरीसंग कुरा गर्दै नेता गैरेले भने ।

पार्टी विधानले महाधिवेशनवाट निर्वाचित कमिटीलाई भंग गरेर महाधिवेशन आयोजक समिति वनाउने परिकल्पना नगरेको र त्यो विधानको व्यवस्थालाई तथाकथित कुनै पनि वैठकले परिवर्तन गर्न नसक्ने दावी गर्दै नेता गैरेले पार्टीमा अध्यक्ष ओलीका तर्फवाट भइ गरिआएका सम्पूर्ण गतिविधि रोक्नुपर्ने र त्रुटीहरुलाई सच्याउनु पर्ने माग गरे ।

हेरौ अन्तर्वार्ता :

https://fb.watch/4Cb2uEGB1o/

प्रतिक्रिया दिनुहोस्