बैरागी काइँलालाई वार्डमा सारियो
काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला)को स्वास्थ्यमा सुधार आएको छ । एक साताअघि मस्तिष्काघात भएपछि उनी काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन् ।
उनकी छोरी नामोती नेम्वाङका अनुसार काइँलाको स्वास्थ्यमा सुधार आएसङ्गै उनलाई सघन उपचार कक्षबाट वार्डमा सारिएको छ । साथै शरीर र हात चल्न थालेको तथा बोली पनि स्पष्ट भएको छ । यसअघि उनको शरीरको दायाँ भाग शुरुमा चल्न नसकेको र बोली राम्ररी खुल्न सकेको थिएन ।
काइँलाको उपचारमा ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सघन उपचार विशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठ, न्यूरोलोजिष्ट डा. कृष्ण ढुङ्गाना लगायतका चिकित्सकहरु सहितको टोली संलग्न छ ।