आज विभिन्न साहित्यिक कार्यक्रम गरी २०६औं भानु जयन्ती मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज (आइतबार)२०६औं जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ ।

१८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका आचार्यले ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरीे नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्‍याएका थिए ।

भानु जयन्तीको अवसरमा आज भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले कार्यक्रम आयोजना गरेका छन् । धनञ्जय र धर्मावतीदेवीका छोरा भानुभक्तका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् ।

नेपालमा मात्र नभई भारतको दार्जिलिङमा पनि हरेक वर्ष भानुजयन्ती भव्य रूपमा मनाउने गरिन्छ। १९२३ असोज ६ गते निधन आचार्यको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्