नारायणीमा हामफालेका आचार्यलाई प्रहरीले बचायो

चितवन । चितवन प्रहरीले नारायणी नदीमा हाम फालेका एक पुरुषलाई उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगर ४ का ४९ वर्षका बाबुराम आचार्यलाई उद्दार गरेको हो ।

बुधबार दिउँसो पौने दुई बजेको समयमा नारायणी नदीको पुलबाट आत्महत्या गर्न नदीमा हामफालेका उनलाई वडा प्रहरी कार्यालय चितवनका प्रहरीले उद्दार गरेका हुन् ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरिक्षक दीपक केसीको कमाण्डमा रहेका विपद व्यवस्थापन सहितको उद्दार टोलीले जिवितै उद्दार गरेका आचार्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्