संसदबाटै बजेट ल्याउने प्रधानमन्त्रीको संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत दिएका छन् । २७ वैशाखमा बसेको विशेष अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले ‘बजेट कसरी आउँछ ?’ भन्ने प्रश्नमा संसद् जीवितै रहेको प्रतिक्रिया दिएका छन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदै ओलीले भने, ‘पार्लियामेन्ट जिउँदै छ ।’ ओली संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलका हैसियतमा प्रधानमन्त्री बनेकाले कतिपयले अध्यादेशबाट बजेट ल्याइन सक्ने अनुमान गरिरहेका छन् । तर, प्रधानमन्त्री ओलीले भने संसदबाटै बजेट ल्याइने संकेत दिएका छन् ।

यसका लागि संसदमा प्रधानमन्त्री ओलीले बहुमत जुटाउनुपर्ने हुन्छ । तर, एमालेसँग संसद्मा १२१ सिट मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्