जोकोभिचले जिते फ्रेन्च ओपनकाे उपाधि

शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई ३–२ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् ।

जोकोभिचले पाँचौ वरियताका स्टेफानोससँग पहिलो र दोस्रो सेट ६–७ (६–८) र २–६ ले गुमाएको थियो । तर, त्यसपछि जोकोभिचले एकपक्षीय प्रदर्शन गर्दै सबै २२ वर्षीय स्टेफानोसमाथि तीन सेटमा ६–३, ६–२ र ६–४ को सहज जित निकाल्यो ।

यससँगै जोकोभिचले दोस्रोपटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यसअघि, उनले २०१६ मा फ्रेन्च ओपन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्