जुवाको खालबाट २ लाख नगदसहित ५ जना पक्राउ

रामेछाप । निषेधाज्ञाका मौकामा लुकिछिपी कौडा खेलिरहेका ५ जना जुवाडेलाई प्रहरीले नगद र कौडासहित पक्राउ गरेको छ ।

मन्थली नगरपालिका-१ घारी खबरेस्थित चन्द्रबहादुर माझीको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले नगद १ लाख ९२ हजार ९५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको जिप्रका रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी दिए ।

पक्राउ पर्नेमा घरधनी माझीसहित मन्थली नगरपालिका ९ पुरानागाउँका ३२ वर्षीय टीकाराज आरण,हात्तिटारका तेजबहादुर माझी,खाइखुराका आईते माझी र खाँडादेवी गाउँपालिका घर भई हाल सिन्धुली सुनकोशी गाउँपालिका ९ मा बस्ने नरेन्द्र माझी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्