बीपीको शैलीलाई आत्मसात् गर्नुपर्छ : प्रकाशमान

काठमाडौं । बिपी कोइरालाको ३९ औं स्मृति दिवस आज मनाइँदै छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई सर्वाेपरी ठान्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने बिपीको शैलीलाई आत्मसाथ गरेमात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

बिपीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सिंहले भनेका छन्-‘बिपीले देखाएको देश र जनतालाई सर्वाेपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा आजको नेपाली कांग्रेसले पनि आत्मसात गर्न सक्नुपर्छ । त्यसो गर्दा मात्र बिपीप्रति सच्चा सम्मान हुनेछ ।’

‘नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि उहाँले गरेको योगदान सधैं स्मरणीय छ । आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रप्रति उहाँको दृढ संकल्पको जति प्रशंसा गरे पनि कम हुन जान्छ । स्मृति दिवसका अवसरमा बिपीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु’ प्रकाशमानले भनेका छन् ।

उनले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इदका अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्