आइसिसीको वरीयतामा कुशल खस्किए, ज्ञानेन्द्र र पारसको सुधार

काठमाडाैं । आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालबाट चार खेलाडी परेका छन् । आइसीसीको नयाँ वरीयतामा कुशल भुर्तेलको वरीयता खस्किएको छ भने कप्तान ज्ञानेन्द्र मल्लको वरीयता बढेको छ ।

युवा खेलाडी कुशलको नयाँ वरीयता ६१ पुगेको छ । उनी दुई स्थान तल झरेर ५९ बाट ६१ मा पुगेका हुन । अझैपनि कुशल बंगलादेशका अलराउण्डर शकिव अल हसन भन्दा एक स्थान माथि रहेका छन् ।

यता, नयाँ वरीयतामा पूर्व कप्तान पारस खड्काको वरीयता एक स्थान सुधार भएको छ । जसमा ९२ औं स्थानबाट ९१ औं स्थानमा पुगेका छन् ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले पनि एक स्थान सुधार गरेर ९५ औं स्थानमा पुगेका छन् । बलिङमा लेग स्पिनर सन्दीप लामिछाने ७९ औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्