आज थपिए एक हजार ९१८ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्