आज पुष्पलालको ४३औँ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । आज (बिहीबार) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

उक्त अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा आज एक कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रम दिउँसो एक बजे आयोजना गरिएको कार्यक्रममा हालका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि उपस्थीत हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

रामेछापको भँगेरीमा विक्रम संवत् १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्