६ महिलासहित १२ जुवाडे भोटेबहालबाट पक्राउ

भोटेबहाल । काठमाडौंको भोटेबहालबाट ६ महिलासहित १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी अपील राज बोहरा नेतृत्वको टोलीले दिनेश कुमार शेरचनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार पक्राउ पर्नेमा काठमाडौं घर भएकी रन्जना प्रधान, बाग्लुङ्गकी श्रृजना खत्री, धादिङ घर भएकी सरिता मल्ल गुरुङ र काभ्रेकी लक्ष्मी बानियाँसहित १२ जना रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट २ लाख ९१ हजार नगद र ३ लाख ७० हजार बराबरको चेक बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्