कमेडी च्याम्पियनबाट हिक्मत बाहिरिए, फाइनलमा भरतमणि, विक्की र सन्तोष

कमेडी रियालिटी शोको अन्तिम चारबाट हिक्मत महरा आउट भएका छन् । ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत आउट भएका हुन् ।

भरतमणि पौडेलले भने पहिले नै निर्णायकहरुको छनोटका आधारमा फाइनलमा स्थान बनाइसकेका थिए । रियालिटी शोको फाइनल असोज २ गते हुने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।

भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाका हुन् । यस्तै, विक्की भने सिक्किमबाट प्रतिस्पर्धा गर्न नेपाल आएका कमेडियन हुन् ।

प्रतिक्रिया दिनुहोस्