फिफा विश्वकप छनोट : स्विडेनसँग स्पेन पराजित

एजेन्सी । फिफा विश्वकपअन्तर्गत युरोपेली छनोटमा स्पेन स्वीडेनसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा स्पेन स्वीडेनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलका पाँचौ मिनेटमा कार्लोस सोलेरले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५७औं मिनेटमा भिक्टर क्लाइसनले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । जितसँगै स्वीडेन समूह ‘बी’ मा अपराजित रहँदै शीर्षस्थानमा उक्लिएको छ । स्वीडेनको ३ खेलबाट ९ अंक पुगेको छ । पराजित स्पेनको ४ खेलबाट ७ अंक छ ।

प्रतिक्रिया दिनुहोस्