विश्वकप छनोटमा स्पेनद्वारा जर्जिया ४-० ले पराजित

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा स्पेनका लागि जोसे गया, कार्लोस सोलेर, फेरान टोरेस र पाब्लो सराबियाले गोल गरे ।

जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनको १० अंक भएको छ । जर्जिया १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्