पीएनजीले दियो १३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

काठमाडौं । पपुवा न्युगिनीविरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा नेपालले १३५ रनको लक्ष्य पाएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनायो ।

पीएनजीका लागि ओपनर लेगा सिएकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, विकेटकिपर किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए । चाड सोपर १७ रनमा अविजत रहे । पोकनाले १ रन जोडे ।

जासोन किला र डामिएन राभुले खातासमेत खोल्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ तथा विक्रम सोब र कुशल मल्लले २-२ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्