चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं । चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आइपुगेकाे हाे ।

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्