अहिलेको सरकारले जनताको कुरा सुन्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन विकास विरोधी भएको आरोप लगाएका छन् । नेपाल स्वतन्त्र मजदुर संगठन नगर कमिटी दमकको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन भ्रष्ट नेताहरुको अपराधिक समूह मात्रै भएको आरोप लगाएका हुन् ।


उनले सरकारले जनताका कुरा पनि नसुन्ने दाबी समेत गरे । औपचारिक, अनौपचारिक सबै वर्ग, क्षेत्र र समुदाय, मानवीय विकास, रोजगारीको अवसर, शिक्षा, स्वास्थ्यको लागि एमाले सरकार आवश्यक रहेको पनि उनले बताए ।


‘एमालेको सरकार हामी यस पटक निश्चित रूपमा बनाउँछौँ, चाहे गठबन्धन जोसुकैले गरुन्, जेसुकै गरुन्, उनले भने, गठबन्धनमा जनता सामेल छैनन्, नेता मात्रै छन् ।’ उनले आउँदो निर्वाचनबाट सत्ता गठबन्धनलाई पराजित गरेर नेकपा एमालेले सरकारी बनाउने समेत बताए ।


‘जनताले भ्रष्ट नेताहरूको आपराधिक गठबन्धनलाई अस्वीकार गर्छन्, अध्यक्ष ओलीले थपे, देशको अहितमा, देशविरुद्ध निर्माण गरिएको प्रगतिविरोधी, विकासविरोधी, मजदुर किसानविरोधी, गरिवविरोधी, सुकुम्वासीविरोधी यस गठबन्धनलाई पराजित गरेर एमालेको सरकार बनाउनु पर्दछ।’

प्रतिक्रिया दिनुहोस्