चाइनिज सेल्फी एपले एकैदिनमा किन्यो चालिस मिलियनको क्रिप्टो करेन्सी

केही दिनदेखि अलि ओरालोमा रहेको क्रिप्टो करेन्सीको सेयर वजार सोमवारवाट फेरी उकालो लागेको छ । चीनको एक सेल्फी एपले एकैदिन ४० मिलियनको क्रिप्टो करेन्सी किनेको र १०० मिलियनसम्मको क्रिप्टो किन्नका लागि वोर्डवाट पास गराएको समाचार सोमवार नै सार्वजनिक भएको थियो ।

सेल्फी एप ‘मेइथु’ ले सोमवार १८ मिलियन डलरको विटक्वाइन र २२ लाख डलरको इथेरियम लगायतका क्रिप्टो करेन्सीमा लगाएको सार्वजनिक गरेको थियो । चिनिया शव्द ‘मेइथु’ को अर्थ राम्रो तस्विर हुन्छ जुन एपले सेल्फीको आंखालाई अलि फराकिलो वनाउने, अनुहार उज्यालो वनाउने तथा अनुहारलाई छरितो वनाइदिन्छ ।

विश्वव्यापी कारोवारमा सहज वनाउनका लागि हामीले यो क्रिप्टोकरेन्सी किन्ने निर्णय लिएका हौ, मेइथुले यसवारेमा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्