अमेरिकी फष्ट लेडी र विदेशमन्त्रीको उपस्थितिमा मुस्कानलाई अन्तराष्ट्रिय साहसी महिला अवार्ड प्रदान

डिसी । एसिड आक्रमणवाट वचेपछि एसिड प्रहारविरुद्धको अभियानमा होमिएकी मुस्कान खातुनलाई आज अमेरिकी सरकारले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गरेको छ । । अमेरिकी प्रथम महिला जिल वाइडेनले समेत सम्वोधन गरेको विशेष भर्चुअल समारोहमा एसिड आक्रमण अन्त्यका लागि खातुनको कामको सम्मान गर्दै अमेरिकी सरकारले यो अवार्ड प्रदान जानकारी दिइएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले विश्वभरका अवार्ड विजेता महिलाहरुको सम्मानमा विशेष भर्चुअल कार्यक्रम आयोजना गरेका हुन् जहां शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका १४ जना महिलाहरुलाई यो अवार्ड प्रदान गरिएको थियो ।

समारोहमा सन् २०२० मा अफगानिस्तानमा समुदायको सेवामा खटिएको बेला भएको हमलामा मारिएका ७ जना महिलाको सम्मानमा सम्मान अवार्ड प्रदान गगरियो ।

सन् २०१९ मा १५ वर्षीय खातुनमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा एक युवाले एसिड प्रहार गरेका थिए जसवाट उनको छाती, अनुहार र शरिरका अन्य भाग जलेको थियो । मुस्कान खातुनले एसिड आक्रमण विरुद्धको कडा कानुनी प्रावधानका लागि अभियान सञ्चालन गर्दै आएकी छिन् ।

अहिलेसम्म अमेरिकाले १५ बर्षमा ७५ वटा देशबाट १५५ जनालाई यो अवार्ड प्रदान गरिसकेको छ । विदेशमा रहेका अमेरिकी कूटनीतिक नियोगहरुले एकएकवटा नाम नोमिनेशनका लागि पठाएपछि ती नामहरुबाट अमेरिकी विदेश मन्त्रालयका बरिष्ठ अधिकारीहरुबाट अवार्ड प्राप्त गर्नेहरुको छनौट गर्छन् ।

प्रतिक्रिया दिनुहोस्