उवर चालक शुभकर खड्कालाई १ करोड संकलन गरिदिने सायन वेनिष्टर को हुन् ?

लुइभेल, केन्टकी । उवर चालक शुभकर खड्काका लागि सहयोग संकलनका लागि गोफण्डमीमा सुरु गरिएको खातामा झण्डै ६० हजार डलर उठिसकेको छ भने सो खाता खोलिदिने सायन वेनिष्टरले २० हजार डलर थप गरिदिने भएकी छिन् ।
क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा उवर चलाउने शुभकरमाथि तीनजना महिला उवरयात्रीले दुव्र्यवहार गरेका थिए । शुभकरमाथि भएको दुव्र्यवहारको भिडियो देखेपछि सहयोगका लागि तत्पर हुने यी सायन वेनिष्टर को हुन् भन्ने धेरै मानिसहरुलाई थाहा नहुन सक्छ ।

सायन वेनिष्टरलाई अमेरिकन एन्जेल इन्भेष्टर (जो कुनै नयां व्यवसायका लागि प्रारम्भिक लगानी गरिदिन्छ) का रुपमा चिनिन्छ जो शुभकरले गाडी चलाउने उवरको संस्थापक लगानीकर्ता समेत हुन् ।
उवरले शुभकरलाई जसरी व्यवहार गर्नुपथ्र्यो र क्षतिपूर्ति दिनुपथ्र्यो त्यसरी व्यवहार गरेको देखिएन, वेनिष्टरले गोफण्डमीको अपिलमा भनेकी छिन्, उवरले सुरुमा २० डलर दिन खोज्यो र अन्तत १२० डलर दियो, जुन पर्याप्त थिएन, त्यसैले मैले यो अभियान सुरु गर्नुपर्यो ।
वेनिष्टरले गोफण्डमी मार्फत धेरैलाई सहयोग गरेकी छिन् तर यो उनले आफै अभियान चलाएको पहिलो पटक हो ।
उवर, निनान्टिक, पोष्टमेट्स, डिप माइन्ड, कार्टा, थम्वट्याक, फ्लेक्सपोर्ट, एफर्म र स्पेशएक्सको प्रारम्भिक लगानीकर्ता (एन्जेल इनभेष्टर) रहेकी वेनिष्टर जिभिटी (वयस्क विषयक सामाजिक सञ्जाल)की सहसंस्थापक समेत हुन् ।
सन् १९७७ मा जन्मिएकी र अमेरिका जस्तो ठुलो मुलुकमा उद्यमी तथा लगानीकर्ताको पहिचान वनाएकी वेनिष्टर धनी परिवारकी होलिन् भन्ने धेरैको अनुमान हुनसक्छ तर उनी १५ वर्षको उमेरमा होमलेस (घरवारविहीन) भएकी थिइन । वेनिष्टर त्यस्तो पहिलो महिला हुन् जसले भेन्चर क्यापिटल फाउन्डर्स फर्ममा पहिलो लगानी गरेर साझेदार वनेकी थिइन् ।
शुभकरलाई यति ठुलो ठुलो सहयोग जुटाइदिन वेनिष्टरको पहिचानले पनि निकै मद्धत पुर्याएको छ, यदि अहिले पनि ट्वीटरमा कायन वेनिष्टरको नाम सर्च गर्ने हो भने शुभकरका कथा मात्रै समेटिएका छन् जहां शुभकरलाई ती तीनजना युवतीहरुले गरेका दुव्र्यवहार देखि दुव्र्यवहार गर्ने युवतीले लाइभमा आएर मसंग वन्दुक भएको भए उडाइ दिन्थे भनेर गरेको लाइभका सम्म भिडियो छन्, सयौं मानिसहरुले शुभकरका भनाइ र कथाहरु हालेर सहयोगका लागि गरेका अपिल छन् ।
एउटा नेपालीका लागि यति गरिदिएकोमा थ्यांक्यु एन्जेल इन्भेष्टर ।