सत्ताको रेसवाट वाहिरिंदै देउवा

काठमाडौं । सत्तामा जाने विषयमा पर्ख र हेरको नीतिमा रहेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अव सत्ताका लागि रेस नगर्ने निर्णय लिएका छन् ।

आफुसंग वहुमत नभएको, छिमेकी मुलुक भारत अहिले सत्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिकाउन क्रियाशिल भएको र लगातार शक्ति आर्जन गर्दै गइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसंग दुस्मनी गर्दा भविश्यमा समेत खतरा भएको विश्लेषण गर्दै सभापति देउवाले रेस छाडेको उनका निकट नेताहरु वताउंछन् ।

सभापति देउवाले रेस छाडिंिददा अव प्रधानमन्त्री ओलीसंग मुकावलाका लागि अर्को कोही पनि पात्र तयार भएका छैनन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु सत्ताको नेतृत्व गर्ने मनस्थितिमा नभएको यसअघि नै प्रष्ट पारिसकेका छन् र नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले उनका लागि सहयोग गर्ने वातावरण पनि छैन । जनता समाजवादी पार्टीवाट डा. वावुराम भट्टराईले केही पहल गरेको भएपनि जनता समाजवादी पार्टीभित्रैवाट समेत उनको नाममा सहमति कायम हुन सकेको छैन ।

जनता समाजवादी पार्टीले प्रधानमन्त्री पाउने अवस्था भएमा महन्थ ठाकुर प्रधानमन्त्री वन्न चाहन्छन् तर महन्थको नाममा नेकपा माओवादी केन्द्र वा कांग्रेसले सहयोग गर्ने अवस्था छैन ।

भारतले अहिले प्रधानमन्त्री ओलीलाई नै सहयोग गर्न चाहेको कारण नै अहिले जनता समाजवादी पार्टी विभाजनतर्फ उन्मुख भएको कांग्रेस सभापति देउवाले राम्ररी वुझेका छन् र उनले भारतको इच्छा विपरित प्रधानमन्त्री वन्न चाहेका छैनन् ।

प्रधानमन्त्री पनि वन्न नसकिने र प्रधानमन्त्रीको रेसमा उत्रिंदा प्रधानमन्त्री केपी ओलीलाई मात्रै चिढ्याउने अवस्था वन्दा भविश्यमा अप्ठेरो पर्न सक्ने विश्लेषण सभापति देउवा आफु निकट नेताहरुलाई सुनाउंछन् ।

साथीहरु सत्ताको नेतृत्व गर्न पहल गर्नुहोस् भन्छन् तर त्यो अवस्था नै छैन, देउवाले निकटस्थ नेतााहरुसंग कांग्रेस नेताहरुले आफुलाई नेतृत्व लिन दवाव दिएको प्रति असहमति व्यक्त गर्दै भन्ने गरेका छन्, अहिले सम्पूर्ण राज्यसत्ता नै कव्जा गरेर वसेका ओलीले हामीलाई अख्तियार, अदालत र अरु निकायको प्रयोग गरेर दुख दिन वेर लाउंदैनन् ।

एउटै पार्टीमा रहेर लामो समय राजनीति गरेका माधवकुमार नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री ओलीले पेलेको उदाहरण दिंदै सभापति देउवाले आफु निकटका नेताहरुलाई सावधान रहन भन्ने गरेका छन् ।

सत्ताको नेतृत्वका लागि वातावरण नभएको अवस्थामा उनलाई आजकल तपाइको नेतृत्वमा सरकार वन्छ भन्ने प्रश्नले समेत चिढ्याउने गरेको छ ।

हामी प्रतिपक्ष हौ, प्रतिपक्षको भूमिका निर्वाह गर्छौ, आज उनले विराटनगरमा पत्रकारहरुसंग चिढिदै भनेका थिए, लौ अव जानुहोस् ।

प्रतिक्रिया दिनुहोस्