निषेधाज्ञा खुकुलो पार्ने तर, फेरि एक साता थप्ने तयारी


काठमाडौं । काठमाडौं उपत्यकामा २० गतेसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेकाे काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उनले बताए ।

‘अझै कोरोना जोखिम छ, ’ उनले भने, ‘संक्रमणदर केही घटे पनि मृत्युदर घट्न सकेको छैन, त्यसैले एक साता निषेधाज्ञा थप्ने विषयमा छलफल भएको छ, निषेधाज्ञा थपिए पनि खाद्यान्न पसल खोल्न दिनेलगायत केही क्षेत्रमा सहजीकरण गर्ने भन्ने कुरा भएको छ, निर्णय भने बैठकमार्फत नै गरिनुपर्छ।’

तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको बैठकले गत शनिबार १४ गतेबाट निषेधाज्ञामा कडाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्