डब्ल्युएचओद्वारा नेपाललाई ब्ल्याक फङ्गसको औषधि सहयोग
काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कालो ढुसी अर्थात ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन ‘बी’ सहयोग पठाएको छ ।
नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन ‘बी’ नेपालमा पठाएको हो । डब्ल्यूएचओले पठाएको एक हजार भाइल नेपाल आइपुगेको छ ।
नेपालमा पनि कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो औषधिको सहयोग पठाउन आग्रह गरेको थियो ।