भारतमा चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु

एजेन्सी । भारतमा चट्याङ लागेर एकै दिन २३ जनाको मृत्यु भएको छ । भारतीय विभिन्न सञ्चार माध्यमका अनुसार सोमबार साँझ चट्याङ लागेर एकै दिन २३ जनाको मृत्यु भएको हो ।

पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहतस्वरुप दिने घोषणा गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्