न्युयोर्क टाइम्स, बीबीसी, एफटी र गार्डियनजस्ता ठूला वेबसाइटहरू डाउन


पछिल्लो केही समयदेखि संसारभरिका थुप्रै प्रमुख समाचार तथा सरकारी वेबसाइटहरू डाउन भएका छन् ।

गार्डियन, फाइनेन्सियल टाइम्स, इन्डिपेन्डेन्ट र न्यूयोर्क टाइम्सको वेबसाइट्स पछिल्लो केही समयदेखि खोलिएको छैन ।

बेलायती सरकारको वेबसाइट gov.uk पनि डाउन छ ।

ती वेबसाइट्स खोल्ने कोसिस गर्दा ‘एरर ५०३ सर्भिस अनअभेलेभल’ को मेसेज देखिएको मिडियाहरूले जनाएका छन् ।

जानकारीमा आएअनुसार यस्तो क्लाउड कम्प्युटिङ प्रोभाइडर ‘फास्टली’ मा प्राविधिक समस्याका कारण हुनसक्छ जसमार्फत् थुप्रै महत्वपूर्ण वेबसाइट्सले सपोर्ट पाउने गर्छ ।

<blockquote class=”twitter-tweet”><p lang=”en” dir=”ltr”>Number of major government and media websites currently not working, including Guardian, FT, Independent and New York Times <a href=”https://t.co/bT3JHu6Kt2″>https://t.co/bT3JHu6Kt2</a></p>&mdash; BBC Breaking News (@BBCBreaking) <a href=”https://twitter.com/BBCBreaking/status/1402212822340222981?ref_src=twsrc%5Etfw”>June 8, 2021</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>

प्रतिक्रिया दिनुहोस्