उज्बेकिस्तानसँगको प्रतिस्पर्धामा नेपाल पहिलो हाफमै ३-१ ले पछि
काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको निर्णायक खेलमा नेपाल पहिलो हाफको समाप्तिमा उज्बेकिस्तानसँग ३-१ को अवस्थामा पछि परेको छ।
खेलको सुरुवातमै उज्बेकिस्तान आक्रामक देखिएको थियो। दोस्रो मिनेटमा नै पहिलो गोल गर्दै विपक्षीले नेपालमाथि दबाब बनाएको थियो। त्यसपछि ११औं मिनेटमा उज्बेकिस्तानले फेरि गोल थप्दै अग्रता दोब्बर बनायो।
उक्त गोल कप्तानको बाँया छेउबाट एक्लै ड्रिबल गर्दै प्रहार गरेको बल डिफेन्डर समीक्षा घिमिरेमा लागेर गोल भएको थियो, जसले नेपाली रक्षापंक्तिको कमजोरी उजागर गर्यो।
तर, नेपालले पनि प्रतिउत्तर दिन ढिला गरेन। २४औं मिनेटमा फरवार्ड साबित्रा भण्डारीले सुन्दर गोल गर्दै नेपालको आशा जिउँदो राखिन्।
खेलको ३९औं मिनेटमा उज्बेकिस्तानले पेनाल्टी पायो, जसलाई शोएमोभले सहजै गोलमा परिणत गरिन्।
यद्यपि, पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तानलाई झट्का लाग्यो। एन एर्गासेभाले दोस्रो पहेंलो कार्ड पाएसँगै मैदानबाट बाहिरिइन्, जसले गर्दा उज्बेकिस्तान दोस्रो हाफमा १० खेलाडीमा सीमित हुनेछ।
नेपालले पहिलो हाफमै एक खेलाडी परिवर्तन गर्यो। ३०औं मिनेटमा डिफेन्डर निशा थोकरलाई स्थान दिँदै प्रीति राई मैदान प्रवेश गरिन्।
यस खेलको विजेताले सन् २०२६ मा आयोजना हुने एएफसी महिला एसियन कपको छनोटमा स्थान बनाउनेछ। साथै, अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको ढोका पनि खोल्न सक्ने सम्भावना रहनेछ।