तीन वर्षको सम्बन्धपछि केटी पेरी र ओरल्यान्डो ब्लूमको सम्बन्धविच्छेद

लस एञ्जलस —
हलिउडको चर्चित जोडी केटी पेरीओरल्यान्डो ब्लूमले अन्ततः आफ्ना सम्बन्ध अन्त्य भएको पुष्टि गरेका छन्। तीन वर्षअघि इन्गेजमेन्ट घोषणा गरेका यी दुई कलाकारबीच पछिल्लो केही महिना यता सम्बन्धमा खटपटको अडकलबाजी चलिरहेको थियो।

यूएस वीकलीले पहिलोपटक आधिकारिक रूपमा सम्बन्धविच्छेदको खबर सार्वजनिक गरेको हो। दुवै कलाकारका प्रतिनिधिहरूले एक संयुक्त विज्ञप्तिमा भनेका छन्,
“केटी र ओरल्यान्डो पछिल्ला केही महिनादेखि आफ्नो सम्बन्धलाई सह–अभिभावकत्वमा रूपान्तरण गर्दै आएका थिए। उनीहरू सधैंजसो एउटै परिवारका रूपमा देखिन सक्छन्, किनभने उनीहरूको साझा प्राथमिकता छोरीलाई प्रेम, स्थिरता र आपसी सम्मानसहित हुर्काउनु हो।”

विवाह नभई सम्बन्धविच्छेद

यो खबर त्यतिबेला सार्वजनिक भएको हो जब केटी पेरी अस्ट्रेलियामा आफ्नो लाइभ टुरमा व्यस्त थिइन्। भर्खरै सम्पन्न भएको जेफ बेजोसलरेन सान्चेजको वैवाहिक समारोहमा ओरल्यान्डो ब्लूम सहभागी भए पनि पेरी उपस्थित थिइनन्। यसबाट पनि उनीहरूको सम्बन्धमा चिसोपन देखिएको अनुमान गरिएको थियो।

सोशल मिडियामा संकेत

सम्बन्धविच्छेदको खबर आउनुभन्दा केही दिनअघि ओरल्यान्डो ब्लूमले आफ्नो इन्स्टाग्राममा स्विस मनोविश्लेषक कार्ल युंगका केही गहकिला भनाइहरू पोस्ट गरेका थिए, जसमा प्रेम, शक्ति, एकान्तता र लतजस्ता विषयहरू उल्लेख थिए। एउटा भनाइ यस्तो थियो:
“एक्लोपन त्यो अवस्था होइन जहाँ तपाईं वरिपरि कोही हुँदैन, बरु त्यो अवस्था हो जब तपाईं आफैंका लागि महत्त्वपूर्ण कुरा अरूलाई भन्न सक्दैनौं।”

९ वर्ष लामो सम्बन्ध

केटी पेरी र ओरल्यान्डो ब्लूम सन् २०१६ मा डेटिङ सुरु गरेका थिए। २०२० मा उनीहरूको पहिलो सन्तान, छोरी डेजी डोभ ब्लूमको जन्म भएको थियो। उनीहरूले सन् २०१९ मा इन्गेजमेन्टको घोषणा गरेका थिए, तर विवाह भने कहिल्यै भएको थिएन।

ओरल्यान्डो ब्लूमले गत वर्ष ट्रेभर नोआलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए,
“कहिलेकाहीं लाग्छ हामी कसरी यो सब सम्भालिरहेका छौं? तर म जहिल्यै उसको हात समातेर बालुवामा फर्कन चाहन्छु—जहाँ हामी फेरि मिलेर बालुवाको महल बनाउन सक्छौं।”

सन्तानप्रतिको प्रतिबद्धता कायमै

यद्यपि उनीहरूको प्रेम सम्बन्ध अब टुंगिएको छ, ब्लूम र पेरी दुवैले सहमतिमा सन्तानको अभिभावकत्व सम्हाल्ने बताएका छन्। उनीहरूले छोरी डेजीलाई केन्द्रमा राख्दै आपसी सम्मानका साथ मिलेर अभिभावकीय भूमिका निर्वाह गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्