सिरहा टु वीवीसी

सन्तोष साहलाई कर्मले डोहोर्याउंदै सिरहादेखि लण्डन पुर्यायो । सीपले वीवीसी पुर्यायो । वीवीसीले चर्चाको शिखरमा पुर्यायो । धेरैले सफलताका लागि सपना देख्नु पर्छ भन्छन्, सन्तोषले त्यो लण्डनको कहिल्यै सपना देख्ने हैसियत राखेनन् । सफलताको अर्को कडी पढाइ पनि हो भनिन्छ, शायद उनले सोचे जति नेपालमा नै पढ्ने अवसर पाएका भए लण्डनतिरको वाटो पनि सोझिने कुरामा पनि शंका नै छ ।
एसएलसी परीक्षा उत्तिर्ण गर्न नसक्ने उनको अवस्थाले घरवाट हिंडायो । सिरहावाट उनी सोझै लण्डन उड्न पाएका पनि होइनन् । यो वीचमा उनको जीवनले धेरैै आरोह अवरोह सहेको छ । जुंगाको रेखी नवस्दै उनी लम्किए भारततर्फ । यही भारततर्फको यात्राले उनलाई अहिले विश्वभर चर्चा दिलाएको छ ।
बीबीसी मास्टर सेफमा उनी प्रथम हुन सकेनन् तर फाइनल राउन्डमा पुग्नु नै उनका लागि निकै ठुलो उपलव्धि हो । कसैको आंखा पर्ने सिरहाको सन्तोष अहिले संसारका लागि सेलिव्रेटी वनेका छन् । सन्तोषले आफ्नो सिरहा टु वीवीसी यात्रालाई यसरी सुनाएका छन्ः
ुएसएलसी परीक्षा पास गर्न पनि सकिएन। अर्को परीक्षाको लागि एक वर्ष कुर्न सक्ने अवस्थामा थिइन, त्यसपछि साथीहरुसँगै गुजरातको अहमदावाद पुगे ।
अहमदावादमा एउटा रेष्टुरेन्टमा काम पाएंं, भांडा माझ्ने । यहांवाट सुरु भएको भांडासंगको सम्वन्ध अझै छुटेको छैन फरक यति छ, आजकल ती भांडामा पकाउनु छ, पहिला ती भांडालाई माझ्नु थियो । गाउँका साना होटल देखेको मलाई त्यहाँ भाँडा माझ्नेको पनि सुपरभाइजर देख्दा अचम्म लाग्यो, करिब ३ महिनापछि हेड सेफलाई भने मलाई पनि खाना पकाउन मन छ। मेरो कुरा उनले मानेर चान्स दिए।
म सानै देखि पकाउने कुरामा अलिअलि ज्ञान राख्थे । आमा विरामी हुंदा मैले नै घरमा खाना पकाउने गर्थे जसले मलाई पकाउन सक्छु भन्ने विश्वास दिलाएको थियो । पाएको मौका मैले गुमाइन । त्यहां मैले काम गरिरहेको सोचिन, काम सिकिरहेको छु भन्ने सोचे । काम सिक्न हतारिए । सोचेभन्दा धेरै कुरा चांडै सिके । अंग्रेजी सिके, होटल म्यानेजमेन्ट कोर्ष गरे र अगाडिको वाटो आफै कोरे ।
सुरुमा त प्रतियोगितामा पनि भारतीय खाना नै वनाउने कि भन्ने सोचेको थिए किनकी त्यसमा मेरो विज्ञता थियो । तर मनमा आफ्नै खाना किन नलैजाने भन्ने सोचे र नेपाली खानाको वारेमा रिसर्च गरे, तरिका सिके र सांच्चै नै आकर्षक ढंगवाट प्रस्तुत पनि गर्न सके । हिमाल, पहाड र तराईका परिकारबारे जाने।
भारतमा पनि कमाइ राम्रै भएको थियो । ९ सय भारुवाट काम सुरु गरेको मैले भारतमा नै महिनाको ३५ हजारसम्म कमाउन थालेको थिए तर केही न केही नयां गरौ जस्तो लाग्यो । भारतमा नै एकपटक एउटा फुड फेष्टिभल आयोजना भएको थियो जसले मेरो लण्डनको ढोका खोलिदियो । फुड फेष्टिभललाई भारतीय टेलिभिजनहरुले कभर गरेपछि सोही रात एउटा फोन आयो, जसले मलाई लण्डन ल्याउन मद्धत गर्यो । सोच्दै नसोची म सहजै लण्डन उडे । आफैंलाई पत्याउन कठिन हुने गरी ।
जसले मलाई लण्डन ल्यायो, त्यहां सोचे जस्तो भएन । मैले डिशुम नामक रेष्टुरेन्टमा काम गर्न थाले। एक फ्रेन्च रेष्टुरेन्टमा पनि आधा पैसामा काम गरे किनकी त्यहां सेलिव्रेटी सेफ भएकोले सिक्ने मौका पाइन्थ्यो । अहिले सर्वत्र सफलता र चर्चा छ, मेरो सुर भने नेपाली चेन रेष्टुरेन्ट खोल्न पटी केन्द्रित भएको छ । अहिलेसम्म नदेखेका सपना पुरा हुंदै आएका छन् भने यो देखेको सपना कसो पुरा नहोला ?