एएनएको नयां नेतृत्वको पदस्थापना तथा शपथग्रहण सम्पन्न


डालास, टेक्सास । उत्तरी अमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको लोकप्रिय संस्था एशोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए)को २८ सदस्यीय कार्यकारिणी समिति पूरा भएको छ। अमेरिकामा बिभिन्न राज्यहरुमा नेपालीहरुको प्रतिनिधित्व गर्ने स्थानीय संघ संस्थाहरुका बर्तमान अध्यक्ष, पूर्व अध्यक्ष वा सामाजिक सेवामा बिशेष योगदान पुर्याएका व्यक्तित्वहरु एएनएको कार्यकारिणी समितिमा रहेका छन्।
एएनएको गत डिसेम्बरमा सम्पन्न निर्वाचनबाट सन् २०२१-२०२३ को लागि नयाँ कार्यकारी समितिको गठन भएको थियो। टेक्सासका विजयराज भट्टराईको अध्यक्षतमा गठित कार्यकारी समितिले अंग्रेजी नयां वर्षवाट पदभार ग्रहण गरेको एक साता नवित्दै संस्थाका पश्चिम क्षेत्रीय उपाध्यक्ष डा. दुर्गा दाहालको असामयिक स्वर्गारोहण भएपछि संस्थाका सम्पूर्ण गतिविधिहरु स्थगित गरिएका थिए।
शोकको समयमा स्थगित भएका कार्यकारी समितिका सदस्यहरुको चयन लगायतका कार्यहरु हालै सम्पन्न भएपछि आइतवार वसेको पहिलो वैठकमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापना तथा पद तथा गोपनियताको शपथ लिने काम सम्पन्न भएको अध्यक्ष विजयराज भट्टराईले जानकारी दिनुभयो ।
पहिलो वैठक सञ्चालन गर्दै महासचिव डा. चुडामणी खनालले अव एएनए नियमित सामाजिक गतिविधिमा फर्किएको वताउंदै सवै कार्यसमिति पदाधिकारीहरुलाई आआफ्नो ठाऊमा एएनएलाई प्रतिनिधित्व गर्न समेत आह्वान गर्नुभयो ।
विजय भट्टराईको अध्यक्षतामा रहेको कार्यकारी समितिमा वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठ, तथा उपाध्यक्षहरुमा डा. तुलसी धरेल (क्यानाडा), शैलेन्द्र खत्री (पूर्वी भेग), थलराज पन्त (मध्य भेग), भक्त थापा (पश्चिम भेग) हुनुहुन्छ । डा चुडामणी खनाल महासचिव रहेको कार्यकारी समितिमा सहसचिवमा विनय गौतम, कोषाध्यक्षमा डा. उषा शर्मा, सहकोषाध्यक्षमा आरके धमला, युवा संयोजकमा लक्ष्मण प्रधान र महिला संयोजकमा डा. प्रगति घिमिरे हुनुहुन्छ ।
कार्यकारी समितिको सदस्यहरुमा राजेन्द्र खतिवडा, अरुन रुपाखेती, विनोद त्रिपाठी, किशोर सापकोटा, राजेन्द्र वाग्ले, डा. टीका लम्साल, कृष्ण कुशुम, समिता राई, निजानन्द वैद्य, रोकेश गुरुङ, डा. विष्णु घिमिरे, राजु जोशी र माधव वस्ताकोटी हुनुहुन्छ ।